शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा अवैध लागू औषधसहित चारजना पक्राउ

बिहीबार, २६ साउन २०७९, १३ : ३०
बिहीबार, २६ साउन २०७९

झापाको भद्रपुर नगरपालिका-३ झोलुङ्गे पुलबाट करिब ३ ग्राम ८ सय मिलिग्राम अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित भारत घर भएका ४२ वर्षीय निखिल विश्वासलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ चारपाने डेरा गरी बस्ने ३६ वर्षीय बद्री राजवंशीलाई करिब ३ ग्राम अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी झापा, दमक नगरपालिका-९ ईटाभट्टास्थित बाटो छेउमा करिब २५ ग्राम अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद १० हजार रुपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह  नगरपालिका-१ बस्ने ३३ वर्षीय भीम बहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२९ प २२३४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप