शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमगीत ३’ को टिजर दुई भाषामा रिलिज

शुक्रबार, ०३ भदौ २०७९, १४ : ४७
शुक्रबार, ०३ भदौ २०७९

नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा टिजरलाई जी म्युजिक कम्पनीले हिन्दी र ओएसआरले नेपाली रिलिज गरेको हो ।

टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्रको रुपमा प्रस्तुत गरिएको छ भने प्रदीप खड्काको चरित्रलाई पनि महत्व दिइएको छ । टिजर पनि हिन्दी स्वराङ्कन र ब्याक ग्राउन्ड स्कोरले बलियो बनेको छ ।
असोज ७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेको फिल्ममा प्रदीप र मनिषको अलवा क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको मुख्य भूमिका छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप