पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा
शुक्रबार, १० भदौ २०७९, ०५ : ५७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२९ करोडभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रको छोरी शारदाका पति शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
शाहले धनुषा साबिक पिडारी–५ स्थित किनं १३२, किनं १३३, किनं १३४, किनं १३५ र किनं ६ को जम्मा ८ बिगा, १० रोपनीभन्दा बढी सरकारी जग्गा गैरकानुनी रूपमा गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव तथा प्रलोभनमा पारेर आफ्नो नाममा दर्ता गरेको पाइएपछि मुद्दा दर्ता गरेको आयोगले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
-
सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?
-
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकार अग्रसर
-
नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण