बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

संस्कृति संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छ : मन्त्री श्रेष्ठ

बुधबार, २२ भदौ २०७९, १० : ४३
बुधबार, २२ भदौ २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन् । 

बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरूलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताए ।

उनले पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताए । सांस्कृतिक पर्व पैसाले मात्रै बच्ने नभएकोले सबैको संलग्नता र सहयोगको आवश्यक भएको उनले बताए । 

मन्त्री श्रेष्ठले सांस्कृति पर्वहरूलाई जोगाइराख्न त्यसमा सम्वद्ध गुठीहरूलाई पनि संरक्षण गर्नुपर्ने भन्दै गुठीहरूको खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप