राजनीति
संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले पठायो ‘एसएमएस’
बिहीबार, ०३ जेठ २०८१, ११ : ३४

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस संसदीय दलले आफ्ना सांसदहरूलाई एसएमएस गरेको छ ।
संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन आएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले रातोपाटीलाई जानकारी दिए ।
गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ । सभामुख देवराज घिमिरेले सदन सहज ढङ्गले सुचारु गर्नका लागि दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश