राजनीति
संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले पठायो ‘एसएमएस’
बिहीबार, ०३ जेठ २०८१, ११ : ३४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस संसदीय दलले आफ्ना सांसदहरूलाई एसएमएस गरेको छ ।
संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन आएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले रातोपाटीलाई जानकारी दिए ।
गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ । सभामुख देवराज घिमिरेले सदन सहज ढङ्गले सुचारु गर्नका लागि दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण