पार्टी विभाजनको समाचारले हामी पनि आत्तियौँ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा विभाजनसँगै आफ्नो पार्टी पनि फुट्ने समाचार बाहिर आएपछि आफूपनि आत्तिएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय आलोक नगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘हाम्रो पार्टी फुटबारे पनि तपाईँहरूले समाचार बाहिर ल्याएकाले हामी पनि आत्तियौ र संसदीय दलको बैठक बस्यौँ’, अध्यक्ष नेपालले भने, ‘हाम्रा सबै १८ जना सांसदको बिचमा छलफल पनि गर्यौ र एकताबद्ध भएर अघि बढ्नुपर्छ भनेर निर्णय पनि गर्यौँ ।’
अध्यक्ष नेपालले बजारमा धेरै किसिमका र षडयन्त्रहरू हुने भन्दै ती हल्ला र षडयन्त्रप्रति पार्टी चनाखो रहेको पनि बताए । ‘त्यसैले हामी चनाखो भएर सतर्क भएर, कान खोलेर, देखेर तथ्य र प्रमाणका आधारमा चल्नुपर्दछ’, अध्यक्ष नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि समाजवादी मोर्चामा पनि सङ्कट खडा भएको भन्दै त्यसबारे नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताए ।
अध्यक्ष नेपालले आफ्नो पार्टी फुटको पक्षमा नरहेको पनि बताए । ‘कम्युनिस्ट पार्टी एकताबद्ध भएर जानुपर्छ । अर्थात् हामी एकताको पक्षमा छौँ, फुट र विभाजनको पक्षमा छैनौँ’, नेपालको भनाइ छ ।
उनले आफ्नो पार्टी विभाजन गर्न सजिलो नभएको पनि बताए । ‘हाम्रो पार्टी विभाजन गर्न सजिलो छैन । कसैले कुभलो चिताएको छ भने नचिताउन आग्रह मात्रै गर्न सक्दछौँ’, अध्यक्ष नेपालले पार्टी विभाजनको सूचना भए उपलब्ध गराउन पत्रकारहरूलाई आग्रह समेत गरे ।
‘सूचना छ भने कृपया उपलब्ध गराउनुस् । हामी आँखा चिम्लेर विश्वास पनि गर्दैनौँ । आँखा चिम्लेर अस्वीकार पनि गर्दैनौँ’, नेपालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण