पार्टी विभाजनको समाचारले हामी पनि आत्तियौँ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा विभाजनसँगै आफ्नो पार्टी पनि फुट्ने समाचार बाहिर आएपछि आफूपनि आत्तिएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय आलोक नगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘हाम्रो पार्टी फुटबारे पनि तपाईँहरूले समाचार बाहिर ल्याएकाले हामी पनि आत्तियौ र संसदीय दलको बैठक बस्यौँ’, अध्यक्ष नेपालले भने, ‘हाम्रा सबै १८ जना सांसदको बिचमा छलफल पनि गर्यौ र एकताबद्ध भएर अघि बढ्नुपर्छ भनेर निर्णय पनि गर्यौँ ।’
अध्यक्ष नेपालले बजारमा धेरै किसिमका र षडयन्त्रहरू हुने भन्दै ती हल्ला र षडयन्त्रप्रति पार्टी चनाखो रहेको पनि बताए । ‘त्यसैले हामी चनाखो भएर सतर्क भएर, कान खोलेर, देखेर तथ्य र प्रमाणका आधारमा चल्नुपर्दछ’, अध्यक्ष नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि समाजवादी मोर्चामा पनि सङ्कट खडा भएको भन्दै त्यसबारे नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताए ।
अध्यक्ष नेपालले आफ्नो पार्टी फुटको पक्षमा नरहेको पनि बताए । ‘कम्युनिस्ट पार्टी एकताबद्ध भएर जानुपर्छ । अर्थात् हामी एकताको पक्षमा छौँ, फुट र विभाजनको पक्षमा छैनौँ’, नेपालको भनाइ छ ।
उनले आफ्नो पार्टी विभाजन गर्न सजिलो नभएको पनि बताए । ‘हाम्रो पार्टी विभाजन गर्न सजिलो छैन । कसैले कुभलो चिताएको छ भने नचिताउन आग्रह मात्रै गर्न सक्दछौँ’, अध्यक्ष नेपालले पार्टी विभाजनको सूचना भए उपलब्ध गराउन पत्रकारहरूलाई आग्रह समेत गरे ।
‘सूचना छ भने कृपया उपलब्ध गराउनुस् । हामी आँखा चिम्लेर विश्वास पनि गर्दैनौँ । आँखा चिम्लेर अस्वीकार पनि गर्दैनौँ’, नेपालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कात्तिकको दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने
-
दोस्रो सातामा ‘महाभोज’, धमाधम फिल्म हेर्दै कलाकर्मी
-
कोशी प्रदेशले बढायो मोटरसाइकलको वार्षिक कर
-
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी तयारीमा लागौँ : अध्यक्ष ढुङ्गेल
-
द्वन्द्वग्रस्त देशबाट नेपालीको उद्धार गर्न सरकार तयारी अवस्थामा छ : श्रममन्त्री भण्डारी