शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए युकेका अध्यक्ष बर्खास्त

मङ्गलबार, २८ भदौ २०७९, २२ : २७
मङ्गलबार, २८ भदौ २०७९

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर बर्खास्तीमा परेका छन् । एनआरएनए केन्द्रको निर्णयका आधारमा संघको हितविपरितका गतिविधि गरेको आरोपमा उनी बर्खास्तीमा परेका हुन् । 

संघका महासचिव गौरीराज जोशी र  महासचिव डा केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रुपमा मगरले संघको विधान विपरित विवादास्पद, गैर जिम्मेवार र अवाञ्छित कृयाकलापमा संलग्न भएको ठहर गरिएको छ । सोही अनुसार यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्य समितीको बहुमतको निर्णय उनलाई अध्यक्षको रुपमा अविश्वास गरी कारवाही गरेको थियो । सो सम्बन्धमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संसोधन सहित) को धारा ४१ अनुसारको पत्र केन्द्रमा आएपछि अध्ययन गर्दा कारवाही गर्नु पर्ने प्रयाप्त आधार र कारणहरु देखिएको जोशीले जानकारी दिए । 

‘तपाईका कृयाकलापहरु पुर्णरुपमा संघको विधान उदेश्य प्रतिकुल रहेकोले आजैका मितिदेखि लागु हुनेगरी, गैरआवासीय नेपाली संघ युकेको अध्यक्ष पदबाट पदमुक्त हुनुभएको कुरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । गैरआवासीय नेपाली संघ युकेका सम्पूर्ण सम्पत्ति, कागजातहरु, कार्यालयका सामाग्रीहरु कार्य समितिलाई  २ हप्ताभित्र हस्तान्तरण गरिदिन तथा गैरआवासीय नेपाली संघका नाममा कुनै गतिविधि नगर्न नगराउन पत्रमार्फत निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप