सिरहाका सवै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने

जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सवै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भिड अत्यधिक लाग्ने गरेको भन्दै एक सूचना जारी गरी असोज २ गतेबाट जिल्लाको १७ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।
सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको हस्ताक्षरमा जारी सूचनामा जिल्लामा २०७७ कात्तिक २६ गतेबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य भइरहेको भए पनि सेवाग्राहीको भीडभाडलाई मध्यनजर राखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सिरहाको १७ वटै पालिकाहरुमा स्टेशन खडा गरी परिचयपत्र बनाउने उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा जारी सूचनामा परिचयपत्र बनाउन बाँकी रहेका सिरहाबासीलाई असोज २ गते आइतबारबाट आ–आफ्नै पालिकामा सम्पर्क गर्न सुचना जारी गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
-
किन आइरहन्छ भुक्तानी प्रणालीमा बारम्बार समस्या ?
-
कर्णालीका महिलाको संघर्ष : लैंगिक असमानता र परिवर्तनको सम्भावना
-
ग्राहकको जोखिम व्यवस्थापनका लागि वित्तीय साक्षरता
-
विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला
-
‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फाट्रक्चरमा काम गर्नुपर्छ’