पाँचथरबाट ‘जारी २’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘जारी २’को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन सोमबारदेखि पाँचथरबाट सुरु भएको हो । छायाङ्कन अगाडि फिल्मको शुभमर्हूत समेत गरिएको थियो । शुभमर्हूत अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायत सहभागी थिए ।
नयाँ वर्ष २०८२ को अवसर पारेर गत एक गते घोषणा भएको फिल्ममा दयाहाङ र मिरुनाको अलवा बिजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।
फिल्म ‘जारी’को सिक्वेलको रुपमा निर्माण हुन लागेको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने फिल्म आगामी दसैँमा रिलिज गरिने बताइन्छ । सुब्बाको डेव्यु निर्देशन गरेको ‘जारी’ले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मलाई रामबाबु गुरुङले निर्माण गर्न लागेका हुन् । फिल्मको सम्पूर्ण छायाङ्कन पाँचथरको विभिन्न स्थानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण