सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण (तस्बिरहरू)
ललितपुर । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । आज बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो ।
महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गरेका हुन् । ०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो।
उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताए । झनाख्य पार्कमा अब कुनैपनि शालिक नबनाउने उनले बताए । झनाख्य पार्कमा ४ वटा शालिक भइसकेकाले पाँच वटा नबनाउने उनको भनाइ छ ।
महानगरप्रमुख महर्जनले जोशी मुलुककै गहना भएको बताए । स्व. जोशीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पुर्याएका थिए ।
_CbCxmZ4IY3.jpg)
_ZtoM3jaNuM.jpg)
_mM7yP4rOyY.jpg)
_sidjdzMMPb.jpg)
_qX2lM9bhy4.jpg)
_tYpna8sQTi.jpg)
_ArmRVKY25e.jpg)
_B8LOhdJMRY.jpg)
_ooD6rgVRb5.jpg)
_KXkbpx62de.jpg)
_aS4zY5E7jj.jpg)
_hNsXDZB61C.jpg)
_dQufIFkKNI.jpg)
_jqv57yCqFA.jpg)
_kEDGKjAsXp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण