बाबुरामको सुझावमा बालेनले जवाफ फर्काए– फुटपाथ बनाउँदा पनि सोच्नुपर्थ्यो नि !
शुक्रबार, ३१ भदौ २०७९, १६ : ०४
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् । भट्टराईले शाहको अभियानको प्रशंशा गर्दै केही सुझाव दिएपनि उनले विगतमा भट्टराईबाट कमजोरी भएको औँल्याउँदै जवाफ फर्काएका हुन् ।
भट्टराईले सामाजिक सञ्जालमार्फत बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न शाहसँग आग्रह गरेका थिए । तर, सुझाव ग्रहण नगरी विगतमा हजारौँ घर भत्काएर फुटपाथ बनाउँदा बाबुरामले यसबारे नसोचेको बताएका हुन् ।
उनले बाबुरामलाई जवाफ फर्काएका छन्, ‘यो कुरा त हजुरले हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पथ्र्यो नि ।’ स्मरण रहोस् बाबुरामले प्रधानमन्त्री हुँदा राजधानीको सडक चौडा पारेका थिए । बालेनले बाबुरामको सुझाव ग्रहण नगरी ठाडो जवाफ फर्काएको टिप्पणी समेत सामाजिक सञ्जालमा भएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?