अतिक्रमणमा परेको टुकुचा आसपासका दृश्य नियाल्दा....
शुक्रबार, ३१ भदौ २०७९, १६ : १३
काठमाडौं महानगरपालिकाभित्र अतिक्रमित क्षेत्र खाली गराउने तथा मापदण्ड विपरीतका संरचना भत्काउने कामले तीव्रता पाएको छ । सोही क्रममा टुकुचा खोला अतिक्रमण गरी हात्तीसार तथा कमलादी क्षेत्रमा बनाइएका संरचनाहरु यतिबेला काठमाडौं महानगरको निशानामा परेका छन् ।
बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल परिसरमा काठमाडौं महानगरपालिकाले वर्षौंदेखि भूमिगत बनाइएको टुकुचा खोला पत्ता लगाएको छ । सो क्षेत्रमा पाँच सय मिटरभन्दा बढी लम्बाइमा टुकुचा खोलालाई भूमिगत बनाएर खोलामाथि भौतिक संरचना निर्माण गरिएको पाइएको छ ।
यस्तै हलका मालिक अशोक राणाले हलभित्रको खोलाको संरचनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । शुक्रबार टुकुचा खोला अतिक्रमणमा परेको क्षेत्र आसपासका दृश्यलाई रातोपाटीले क्यामेरामा कैद गरेको छ ।
हेर्नुहोस् तस्बिरहरु–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?