बैतडीका मतदान केन्द्रको अनुगमन

बैतडीका मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा अवस्थाको बारेमा जानकारी लिन अनुगमन थालिएको छ । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्र अनुगमन/निरीक्षण कार्यको अनुगमन थालेको हो ।
हालसम्म जिल्लाका नौ स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन/निरीक्षणकार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शङ्करबहादुर बोहोराले जानकारी दिए । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको छ ।
उनले भने, “१० स्थानीय तह रहेको यहाँको पञ्चेश्वर बाहेक सबै स्थानीय तहका मतदानस्थल र मतदान केन्द्रको अनुगमन÷निरीक्षण गरिएको छ, त्यहाँ पनि केही दिनमै जाने तयारी छ ।” निर्वाचनको तयारीस्वरुप जिल्लाका स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन/निरीक्षण कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने,“मतदानस्थल र केन्द्रको भौतिक अवस्था, सुरक्षा संवेदनशीलतालगायतका पक्षमा अनुगमन गरिएको छ, मतदानस्थल र मतदान केन्द्र अपाङ्गमैत्री छन् कि छैनन् ? सुरक्षा संवदेनशीलताका के छ ? भन्ने विषयमा अध्ययन गरेका छौँ । त्यहीअनुसार निर्वाचनमा अगाडि बढ्छौँ ।”
अनुगमन गरेका स्थानीय तहमा मतदानस्थल र मतदान केन्द्रको अवस्थाका बारेमा जानकारी लिइएको र समस्या देखिएका ठाउँमा सम्बन्धित तहलाई समाधान गर्न आग्रह गरिएको छ । केही मतदानस्थल र मतदान केन्द्र तोकिएका विद्यालयमा छानो उडेको पाइएकाले तत्काल मर्मत गर्न मौखिक निर्देशन दिइएको र जिल्ला सुरक्षा समितिका तर्फबाट लिखित निर्देशनसमेत दिइने जनाएको छ । मतदानस्थल र केन्द्र पुनरावलोकन गरेका ठाउँमा समेत अनुगमन गरेको बताइएको छ । अनुगमन सकिएपछि मतदानस्थल र मतदान केन्द्रको सुरक्षा संवेदनशीलता निर्धारण गरिने बताइएको छ । बैतडीमा एक सय २९ मतदानस्थल र दुई सय १० मतदान केन्द्र रहेका छन् । यहाँका एक लाख ५० हजार एक सय ५६ मतदाता प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा एसी मिलान विजयी
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत