आङ सान सुकी र उनका अष्ट्रेलियाली सल्लाहकारलाई तीन वर्षको सजाय

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

म्यानमारकी नेता आङ सान सूकीलाई बिहिबार तीन वर्षको सजाय सुनाइएको छ । उनीमाथि देशको अफिसियल सिक्रेट एक्ट उल्लंघनको आरोप लागेको छ । यसमा अधिकतम १४ वर्षसम्मको जेल सजायको प्रावधान छ । साथै उनका आर्थिक सल्लाहकार तथा अष्ट्रेलियाली प्राध्यापक सिन टरनेललाई पनि यसै आरोपमा तीन वर्षको सजाय सुनाइएको छ ।


सिन टरनेललाई फेब्रुअरी २०२१ मा याङ्गुनमा हिरासतमा राखिएको थियो । यसको केही दिन अघि म्यानमारको सेनाले लोकतान्त्रिक सरकारमाथि सैन्य कू गरेपछि सूकीलाई पक्राउ गरेको थियो । नेशनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च नेता आङ सान सूकीलाई पहिले नै विभिन्न आरोपमा दुई दशकभन्दा बढी जेल सजाय सुनाइसकिएको छ ।



दुबै मुद्दाको सुनुवाई बन्द सैन्य कोर्टमा भएको छ जसमा मिडियालाई प्रतिबन्ध लगाइएको छ । अष्ट्रेलियाको सरकार म्यानमारको जुन्टा सरकारसँग सिन टरनेललाई रिहा गर्नका लागि लगातार अपिल गरिरहेको छ । अष्ट्रेलियाली अधिकारी तथा सिन टरनेल दुबैले म्यानमारको सुरक्षा कानुनको उल्लंघनको आरोप अस्वीकार गर्दै आएका छन् ।



म्यानमारमा सन् २०२१ को फेब्रुअरीमा आङ सान सूकीको सरकारमाथि सैन्य कू लागू भएको थियो । त्यतिबेला देशमा सैन्य शासन छ जसविरुद्ध विरोध प्रदर्शन पनि भएका थिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।