कविता : पराजय
दुर्योधन बचाउने निहुँमा
अमोध अस्त्र खोसिएका सेनापति
समरमा कसरी बिजेता बन्लान्
आत्मवल कमजोर गरी युद्ध मैदानमा रहँदा
आत्मरक्षा नै अहम् हुन जान्छ
युद्ध कला र रण कौशल फिक्का हुन्छ
शस्त्र अस्त्रको खजानाले मात्र पुग्दैन
ठूलो सैनिक दस्ताले पनि काम गर्दैन
धेरै महारथी भएर पनि हुँदैन
‘नश्यन्ति बहुनायक’
अंगुठा काटिएका एकलब्यहरु
शिर काटिएका वर्वरिकहरु
केराको पातले बज्र छेकिएका दुर्योधनहरु
कुण्डल कवच खोसिएका कर्णहरु
शिखण्डी अगाडि आत्मसमर्पित भीष्महरु
भ्रमको जालमा रुमल्लिएका द्रोणहरु
सरासर निस्तेज हुन्छन्
सारथी बनेका शल्यहरु
सत्रुपक्षको तीरमा तेज देख्दछन्
शक्तिहीन भएका महारथीहरु
निरीह अभिमन्यु चक्रब्युहमा फसाइ
आत्मरति गरिरहेका हुन्छन्
सुतिरहेका पाण्डव पुत्रहरु मारी
आफ्नो सौर्य र पराक्रम
बिर्सिरहेका हुन्छन् अश्वस्थामाहरु
भावना नै नमिल्नेसंग यात्रा गर्दा
सधैँ वर्ग सत्रु भनी व्यवहार गर्नेसंग
स्याल मित्तेरी गरी गठजोड गर्दा
उभो त कसरी लागिएला
बचेको साख पनि गुम्न जाने हुन्छ
शल्यलाई बलै गरी सारथी बनाउँदा
कर्णको रथ भन्दा अर्जुन रथ राम्रो लाग्थ्यो
अर्जुनका हरेक वाणको प्रशंसा हुन्थ्यो
तै पनि विजयको कामना गर्थे
जयको सपनामा
पराजय विपना हुन जानेछ
कुरुक्षेत्रको युद्धमा
ठूलो योजना थियो दुर्योधनसंग विजयको
संकल्पमा निष्ठा थिएन कुण्ठा थियो
सत्य,इमान थिएन
असत्य,वेइमानी र अधर्म थियो
थिए भीष्म, द्रोण,कर्ण जस्ता
महारथी थिए
एघार औक्षिणी सेना थियो
तर निष्ठा थिएन,सत्य थिएन
द्वेष ,ईष्र्या, आग्रह, पूर्वाग्रह थियो
जय थिएन,पराजय थियो ।
कैलाशकुमार पाण्डेय, परशुराम–१२ डडेल्धुरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण