बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो
बिहीबार, २० असोज २०७९, ०५ : ००
बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार मृतकको सनाखत हुन बाँकी छ । प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो ।
बसमा करिब ५० जना सवार थिए । दुर्घटना लगत्तै उद्धारमा परिचालित प्रहरी टोलीले घाइतेलाई विभिन्न अस्पतालमा लगेको थियो । चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा अस्पतालमा लगिएका ३६ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने हेटौंडा सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ ।
याे पनि ...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा सवारी व्यवस्थापन : मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त