शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध

शुक्रबार, २१ असोज २०७९, ०६ : ००
शुक्रबार, २१ असोज २०७९

गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । 

आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । म्याग्दे खण्डमा राति २:४० मा र व्यास खण्डमा बिहान ६:३० मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएका त्यहाँ  एक्साभेटर र डोजर परिचालन गरिसकिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

राजमार्ग अवरुद्ध भएकाले  सयौँ सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप