प्रधानमन्त्री देउवाले भने –लालसलाम पनि हामी, जय नेपाल पनि हामी, अभिवादन पनि हामी हौं !
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु अति आवस्यक रहेको बताएका छन् । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलिका दिनमा पनि गठबन्धनकै सरकार बन्ने बताए ।
‘पार्टीले यो गठबन्धन बचाउनु अति आवस्यक छ । यसमा कुनै शंका उपशंका गर्ने ठाउँ दिनुहुँदैन । अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ’, देउवाले भने, ‘ गठबन्धनको खिलाफमा एउटा तागत लागिरहेको छ, भन्न थालिसके राजावादी तागत नै राष्ट्रवादी हो रे ।’
उनले हामी को अराष्ट्रवादी छौं यहाँ ? भन्दै प्रश्न समेत गरे । ‘लडेर ल्याउने हामी, अनि हामी नै अराष्ट्रिय हुनसक्छ ? त्यसकारण राजावादी राष्ट्रवादी होइनन् । राष्ट्रवादी पनि हामी हौं, लोकतन्त्रवादी पनि हामी हौं, समाजवादी पनि हामी हौं’, प्रधानमन्त्री देउवाको भनाइ छ ।
उनले भने, ‘लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं ।’ अभिवादन पनि हामी हौं । गठबन्धनलाई कुनैपनि बहानामा शंका उपशंका गराउनहुने र अझै १०, १५ वर्ष किटाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण