शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार

शनिबार, २३ जेठ २०८३, २१ : २०
शनिबार, २३ जेठ २०८३

सारांश

  • पोखराको फेवातालमा अचानक आएको तीव्र हावाहुरीका कारण बोटिङ गरिरहेका १२ जना पर्यटक अलपत्र परेका थिए ।
  • सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको छ ।
  • अचानक मौसम बदली भई हावाहुरी चल्दा फेवातालमा बोटिङ गर्नु जोखिमपूर्ण हुने भएकाले सुरक्षा निकायले सावधानी अपनाउन आग्रह गरेको छ ।

पोखरा । पोखराको फेवातालमा अचानक आएको तीव्र हावाहुरीका कारण अलपत्र परेका १२ जना पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । 

शनिबार अपराह्न बोटिङ गर्ने क्रममा तालको बीचमा फसेका उनीहरूलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो ।

आज दिउँसो ४स्३५ बजेको समयमा पोखरा महानगरपालिका–६, लेकसाइडस्थित फेवातालमा अचानक तीव्र वेगको हावाहुरी चलेको थियो । सो समयमा तालमा सर्फेस बोट र प्याडल बोटमार्फत सयर गरिरहेका पर्यटकहरू हुरीका कारण तालको बीचमा अलपत्र परेका थिए ।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिका, कास्कीअन्तर्गत फेवा रेस्क्यू टावरमा खटिएको १० जनाको विशेष टोली तत्काल परिचालन भएको थियो । 

सशस्त्र प्रहरीका अनुसार उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था अहिले सामान्य छ । अचानक मौसम बदलिएर हावाहुरी चल्दा फेवातालमा बोटिङ गर्नु जोखिमपूर्ण हुने भएकाले यस्तो समयमा विशेष सावधानी अपनाउन र हुरीबतास सुरु हुनासाथ सुरक्षित स्थानतर्फ लाग्न सुरक्षा निकायले पर्यटक एवं डुङ्गा चालकहरूलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप