आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई

आइतबार, २४ जेठ २०८३, ०५ : १३
आइतबार, २४ जेठ २०८३

सारांश

  • आचल कुसुम अधिकारी ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकला प्रतियोगितामा प्रथम हुनुभयो।
  • अधिकारीलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
  • यस्ता कार्यक्रमले युवामा नेतृत्व क्षमता र सामाजिक चेतना विकास गर्ने उद्देश्य रहेको छ।

काठमाडौँ । मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजित ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वक्तृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम भएकी छन्  ।

फाउन्डेसनले शनिबार यहाँ आयोजना गरेको नेपालको महिला आन्दोलनकी नेत्री ‘मङ्गलादेवी सिंहको योगदानमा आधारित वक्तृत्वकला प्रतियोगिता’ मा अधिकारी प्रथम भएकी हुन् । प्रथम भएसँगै अधिकारीलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै, बिनिता तामाङ दोस्रो र शिवानी राउत तेस्रो भएकी छन् । दोस्रो र तेस्रो उपाधि हासिल गर्ने तामाङ र राउतलाई क्रमशः नगद रु १५ र रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा आरध्या घिमिरे, मान्यता धिताल र मनिषा खनालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उनीहरूलाई जनही रु पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ६० जनाले भाग लिएका थिए ।

कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंह, संविधानसभा सदस्य कल्याणी रिजाल, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीलगायतले पुरस्कार वितरण गरे । कार्यक्रममा अध्यक्ष सिंहले युवा पुस्तामा नेतृत्व क्षमता, प्रभावकारी अभिव्यक्ति र सामाजिक चेतनाको विकास गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप