रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
शनिबार, २३ जेठ २०८३, २१ : ३९
म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको पहिलो जिल्ला अधिवेशनबाट युवराज रोकाको सभापतित्वमा कार्यसमिति चयन गरिएको छ ।
आज भएको अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको कार्यसमिति उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर बोगटी (सुरत) रहेका छन् । यस्तै, सागरकुमार शर्मा पौडेल, गुनमाया पुर्जा, युवराज सुवेदी, सरोज सुवेदी र पूर्णबहादुर खत्री सदस्यमा चयन भएको नवनिर्वाचित सचिव शर्माले जानकारी दिए ।
अधिवेशनको उद्घाटन गर्दै रास्वपा गण्डकी प्रदेश सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य राजन गौतमले सुशासन र सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन वर्तमान सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण