रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहट जिल्लाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
सहमतिमा नेतृत्व चयन हुन नसकेपछि रास्वपा मधेस प्रदेश कार्यालयले रौतहट जिल्लामा लोकतान्त्रिक पद्धतिबाट सम्पन्न गर्न निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
प्रदेश कार्यालयले जारी गरेको सूचनाअनुसार आगामी जेठ २५ गते सोमबार जिल्ला नेतृत्वका लागि मतदान हुनेछ । निर्वाचन हुनुभन्दा अघिल्लो दिन अर्थात् भोलि उम्मेदवारी दर्ता र प्रतिनिधिहरूको नामावली टुङ्ग्याउने लगायतका सम्पूर्ण प्राविधिक कार्यहरू सम्पन्न गरिनेछ ।
कार्यतालिकाअनुसार भोलि बिहान ८ बजे मतदाताका रूपमा रहेका प्रतिनिधिहरूको नामावली प्रकाशन गरिनेछ । उक्त नामावलीमाथि बिहान ९ बजेसम्म दाबी विरोधको समय दिइएको छ भने १० बजे प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
प्रतिनिधिको सूची फाइनल भएलगत्तै बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो साढे ३ बजे प्रकाशन गरी उनीहरूमाथि दाबी विरोध र छानबिनको प्रक्रिया सकेर साँझ साढे ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी शुल्क समेत निर्धारण गरिएको छ । जसअनुसार जिल्ला सभापति पदका लागि ५ हजार रुपैयाँ र उपसभापति, सचिव तथा सहसचिवका लागि जनही ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । सदस्य पदका लागि उम्मेदवारी दिन १ हजार रुपैयाँ लाग्नेछ । यसैगरी, निर्वाचन क्षेत्र उपसंयोजक र सचिवका लागि १ हजार तथा निर्वाचन क्षेत्र सदस्यका लागि ५ सय रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ ।
रास्वपा मधेस प्रदेशका कोषाध्यक्ष एवं रौतहट जिल्लाका लागि निर्वाचन संयोजक चन्दन कुमार साह तेलीले उम्मेदवारी प्रक्रियालाई सरल बनाउन डिजिटल माध्यमको प्रयोग गरिने जानकारी दिए ।
कार्यतालिकाअनुसार जेठ २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण