रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशनले राजन अर्याललाई जिल्ला सभापतिमा निर्वाचित गरेको छ ।
- अर्यालले १४३ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी सूर्यमणि पाठकलाई पराजित गरेका हुन् ।
- उपसभापतिमा श्रवण त्रिपाठी, सचिवमा राम भण्डारी र सहसचिवमा श्रीराम आचार्य निर्वाचित भएका छन् ।
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको जिल्ला सभापतिमा राजन अर्याल निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले अर्याललाई जिल्ला सभापति निर्वाचित गरेको हो । उनी हाल रास्वपा बागमती प्रदेश कमिटी सदस्य हुन् ।
सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले १४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठकले ९२ मत प्राप्त गरे भने अर्का उम्मेदवार रामकुमार थपलियाले ६३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपसभापति पदमा श्रवण त्रिपाठी २१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लीला श्रेष्ठले ७७ मत प्राप्त गरे ।
सचिव पदमा राम भण्डारी १६२ मत सहित निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवार कल्पना श्रेष्ठले ८० मत र विदुर अधिकारीले ५८ मत प्राप्त गरेका छन् ।
यस्तै, सहसचिव पदमा श्रीराम आचार्य १६० मत सहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राजेन्द्र कँडेलले १२७ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण