सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्दैन : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामा नै जनताले आवधिक निर्वाचनमार्फत् आफ्नो जनप्रतिनिधि छान्न पाउने भएकाले सरकार प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध रहेको पनि पटकपटक दोहो¥याए ।
नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसर पारेर सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रतामार्फत् जनताको अधिकारलाई स्थापित गराउन पनि सरकार लागि परेको बताए । प्रधानमन्त्री देउवाले जनताको अधिकार सुरक्षित हुने काममा कुन पार्टीले बढि काम गरेको छ भन्ने कुराबारे सञ्चार क्षेत्रले जानकारी गराउनुपर्ने पनि बताए ।
प्रधानमन्त्री देउवाले जनता देशको मालिक भएकाले उनीहरुले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दलहरु चल्नुपर्ने स्पष्ट पारे । प्रधानमन्त्री देउवाले प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण