प्रधानमन्त्री देउवालाई व्यक्तिगत खर्चमा मात्रै डडेल्धुरा जान आयोगको स्वीकृति
निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेर डडेल्धुरा जान स्वीकृति दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो ।
सो पत्रमाथि निर्णय गर्दै आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै र सरकारी स्रोत साधनको प्रयोग नगरी जान स्वीकृति दिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान रोक लगाइएको होइन । सरकारी स्रोत साधन प्रयोग नगरी र आचारसंहिता उल्लंघन नहुनेगरी चुनाव प्रचारका लागि जान अनुमति दिइएको हो ।’
आयोगले सोही अनुसारको पत्र प्रधानमन्त्री देउवालाई पठाएको छ । आयोगको सो निर्णयपछि प्रधानमन्त्री देउवा सरकारी स्रोत साधन प्रयोग नगरी मात्र डडेल्धुरा जान पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण