दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा ल्याउन सकिँदैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए ।
शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’
कांगेस सभापति समेत रहेका देउवाले ओलीले दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा नआउने बताए । उनले भने– ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’
सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । प्रधानमन्त्री देउवाले भने, ‘खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथीहरू मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ । उहाँलाई शेरबहादुर देउवा भनेर भोट हालिदिनुहोला ।’
उनले आफु पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताए । उनले भने– ‘डडेल्धुरामा मेडिकल कलेज भइसकेको छ । एयरपोर्ट बन्दै छ । म यहाँको सहयोगले म पाँच पटक प्रधानमन्त्री भइसकेको छु । यहाँको सहयोगले फेरि अगाडि बढ्नेछु । डडेल्धुरामा केही काम गर्न बाँकी छन् । त्यसलाई पूरा गर्ने छु । यहाँको सडक पिच गर्ने छु । विमानस्थल बनाउने छु । सबैलाई खानेपानी पुर्याउने विश्वास दिलाउँछु ।’
उनले ३६ सालदेखि आफू लगातार गाउँ आइरहेको बताउँदै योपटक गाउँ आउन पाउँदा शौभाग्यशाली ठानेको बताए । उनले भने, ‘यहाँ धेरै मेरा साथी भाइ पनि छ । यो ठाउँमा फेरि भेट्न पाउँदा आफूलाई शौभाग्यशाली ठान्छु । धेरै भन्नू केही छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ