जाडो बढेसँगै घुम्ती गोठ बेँसीतिर झरे
जाडो बढेसँगै लमजुङका लेकमा रहेका घुम्ती गोठहरू बेँसी झर्न थालेका छन् । सबै पालिकामा रहेका घुम्ती गोठहरू जाडोका कारण बेँसी झरेको हो ।
जाडो छल्नका लागि र खेतीपातीका लागि मल आवश्यक पर्ने भएकाले गोठहरू बेँसी झर्ने चलन छ । क्व्होलासोंथर गाउँपालिका-४ भुजुङका नौराज गुरुङका अनुसार घुम्ती गोठ भुजुङको घिम्चेफाँटमा झरेको छ । करिब ५० वटा गोठ फाँटमा राखिएको बताएका उनले गाउँमाथि लेकमा रहेका भैँसी गोठ र भेडा गोठ फाँटमा झरेको जानकारी दिए ।
‘जाँडो बढेको छ । जाडो बढ्दै गर्दा लेकमा रहँदा वस्तुलाई चिसो हुन्छ । चिसोमा मर्ने समस्या हुन्छ,ु उनले भने । उक्त गोठहरू कात्तिकदेखि मंसिरसम्म घिम्चेफाँटमा त्यसपछि केही दिन कोदो लगाइएको खेतमा बस्छ । चैत १५ गतेबाट लेकमै फर्कने गरेको स्थानीयले बताएका छन् ।
क्व्होलासोंथर गाउँपालिका-३ घलेगाउँका गमबहादुर गुरुङका अनुसार गाउँको बेँसीमा घुम्ती गोठ बसेको छ । एक साताअघिदेखि नै गोठ आएको हो । कात्तिकमा बेँसी झर्ने, मंसिर, पुस, माघ, फागुन र चैतसम्म बस्ने गर्छ । वैशाखमा पुन लेकमा जाने गर्छ । बस्तुभाउलाई न्यानो बनाउन र मलका लागि गोठ झर्ने गरेको स्थानीयले बताएका छन् ।
दूधपोखरी गाउँपालिका पशु शाखाका कर्मचारी दिनेश गुरुङका अनुसार दूधपोखरी क्षेत्रको लेकमा रहेका घुम्ती गोठहरू बेँसी झरेको छ । गोठहरू इलमपोखरी डाँडामा बसेको छ । जाडोको समय भएकाले गोठ बेँसी झरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठका अनुसार लमजुङका घुम्ती गोठहरू अहिले बेँसी झरेको छ । जाडोको समयमा लेकमा बस्न नसकिने भएकाले न्यानो खोज्दै बेँसी आउने गरेका छन् ।
लमजुङमा करिब ३०० वटा घुम्ती गोठ छन् । करिब १० वटा गाईगोठ, करिब १०० वटा भेडाबाख्राको गोठ र अन्य भैँसी गोठ छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
-
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण