मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : फिल फोडेन

सोमबार, ०५ मङ्सिर २०७९, ०८ : ४३
सोमबार, ०५ मङ्सिर २०७९

मिडफिल्डर/फरवार्ड
उमेरः २१

 

प्रिमियर लिग फुटबलमा पछिल्लो समय चर्चामा आएका युवा खेलाडी हुन् फिल फोडेन । यो सिजन मात्र फोडेनले प्रिमियर लिगमा १४ खेल खेलेर ७ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा ५ खेलमा एक गोल गरेका छन् ।
सन् २०२० मा राष्ट्रिय टोलीमा परेका फोडेनले १८ खेलबाट २ गोल गरेका छन् । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवालाले आफूले देखेका खेलाडीहरु मध्य सबैभन्दा प्रतिभाशाली खेलाडी फोडेन भएको बताएका थिए ।

फोडेन अब क्लब मात्र नभएर देशका लागि पनि प्रतिनिधित्व गर्दैछन् । विश्वकपमा डेब्यू गर्न लागेका फोडेन टिमका लागि मुख्य खेलाडी हुन् । इङ्ल्यान्डले पाँच वर्षअघि भारतमा भएको फिफा यू–१७ विश्वकप जित्दा फोडेन ‘प्लेयर अफ द टुर्नामेन्ट’ चुनिएका थिए ।

इङ्ल्यान्डका मुख्य प्रशिक्षक ग्याराथ साउथगेटले फोडेनको बारेमा भनेका छन्, ‘उनी १५–१६ वर्षको हुँदा देखि नै उनको क्षमतालाई हामीले पर्खेका थियौँ । उनी उत्कृष्ट खेलाडी हुन् भन्नेमा कुनै शंका छैन ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप