बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्लेअर टू वाच : मेहदी तारेमी

सोमबार, ०५ मङ्सिर २०७९, ०८ : ५०
सोमबार, ०५ मङ्सिर २०७९

विंगर
उमेरः ३०

हालैका वर्षहरूमा मेहदी तारेमीले गरेको उत्कृष्ट प्रदर्शनको पछिल्लो समय  भइरहेको निखरता कमै खेलाडीहरूमा देखिन्छ । सन् २०१३ मा, तारेमीले इरानी फुटबलको दोस्रो तहबाट खेल करियरको सुरुवात गरे ।

उनले सन् २०१० बाट व्यावसायिक फुटबल करियरको सुरुवात गरेका थिए । सन् २०१५ राष्ट्रिय टोलीबाट खेल्न लागेका उनले ६० खेलमा २८ गोल गरेका छन् । तारेमी युरोपेली फुटबलमा चर्चित नाम हो । फिफा पुस्कस अवार्ड मनोनयन परेका उनले पोर्चुगिज शीर्ष लिगमा सर्वाधिक स्कोरको सूचीमा पनि परेका थिए ।

तारेमी इरानका सर्वाधिक गोलकर्तामध्ये सातौँ स्थानमा छन् । विश्वकप फुटबलमा दोस्रो पटक खेल्न लागेका तारेमीले उत्कृष्ट सुरुवात गर्ने  योजना बनाएका छन् । इङ्ल्यान्डका लागि उनी आजको खेलमा खतरा बन्न सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप