मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : लिमान एनडीय

सोमबार, ०५ मङ्सिर २०७९, १९ : ३६
सोमबार, ०५ मङ्सिर २०७९

पोजिसन : मिडफिल्डर
उमेर : २२

सनेगलका स्टार खेलाडी साडियो माने घाइते भएको समयमा लिमान एनडीय सनेगलका लागि विश्वकपमा स्टार खेलाडी बन्ने अवसर छ । टिमका लागि मुख्य खेलाडीका रूपमा रहेका लिमान यो विश्वकपबाट राष्ट्रिय टोलीमा परेका हुन् ।

यो वर्ष मात्र राष्ट्रिय टोलीमा परेका उनले देशका लागि दुई खेल खेलेका छन् । प्रिमियर लिग क्लब सेफिल्ड युनाइटेडका लागि ५२ खेलमा १६ गोल गरेर चर्चामा आएका उनी राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए ।

२२ वर्षीया युवा स्टारको आक्रामक लाइन अपमा उनको प्रतिनिधित्व हुनेछ । आक्रामक लाइनअपमा धेरै देशहरूले उनी जस्तै खेलाडीलाई प्राथमिकतामा राखेका छन् ।

यूथ करियरमा उनले मार्सेली रोउन जस्ता टिमहरूमा खेलेका थिए । अहिले सेनेगल स्टार खेलाडीको कमीमा बसेको बेला उनलाई यो विश्वकप एक अवसरको रूपमा रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप