राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
मङ्गलबार, ०१ जेठ २०८१, १० : ०२

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले आज सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र संसद् बैठकबारे रणनीति तय गर्ने भएको छ ।
सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो ।
सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका निम्ति संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो नेप्से परिसूचक
-
गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु
-
इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैन : तेहरान
-
बजेटमा चलखेल गर्न कार्यक्रम बिनाको नीति ल्याइयो : वर्षमान पुन
-
सरकारले बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौती छ : मुख्यमन्त्री लामा
-
माओवादी, राजावादी र कांग्रेसलाई एमालेको एकमुस्ट जवाफ : उच्चस्तरीय संयन्त्र खारेज गर्दा हुन्छ