रफाहमा यूएनको अन्तर्राष्ट्रिय कर्मचारीको मृत्यु
गाजा । हमास–इजरायल युद्धमा संयुक्त राष्ट्रसंघका एक कर्मचारीको मृत्यु भएको छ । गाजाको रफाहमा यूएनका भारतीय कामदारको गाडीमा आक्रमण हुँदा मृत्यु भएको बताइएको छ । इजरायल–हमास द्वन्द्वमा यूएनको विदेशी कर्मचारीले ज्यान गुमाएको यो पहिलो पटक हो ।
मृतक यूएनको भारतीय सुरक्षा विभाग (डीएसएस)का कर्मचारी भएको बताइएको छ । पीडितको परिचय भने खुलाइएको छैन । यद्यपि, मृतक भारतका बासिन्दा भएको र भारतीय सेनाका पूर्व सिपाही भएको बताइएको छ । यस घटनामा डीएसएसका अर्का कर्मचारी घाइते भएका छन् ।
गाजामा जारी युद्धका कारण ठुलो सङ्ख्यामा सर्वसाधारण हताहत भएका छन् । त्यहाँ मानवीय कामदारहरूले पनि ज्यान गुमाइरहेका छन् । तत्कालै युद्धविराम र सबै बन्धकहरूको रिहाइको लागि यूएनका महासचिव एन्टोनियो गुटेरेसले पुनः अनुरोध गरेका छन् ।
ट्वीटरमा एक पोस्टमा उनले गाजामा यूएनको गाडीमा हमला हुँदा एक सहकर्मीको मृत्यु भएको र अर्का एक जना घाइते भएको बताएका छन् । गाजामा अहिलेसम्म यूएनका १९० भन्दा बढी कर्मचारी मारिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण