रफाहमा यूएनको अन्तर्राष्ट्रिय कर्मचारीको मृत्यु

गाजा । हमास–इजरायल युद्धमा संयुक्त राष्ट्रसंघका एक कर्मचारीको मृत्यु भएको छ । गाजाको रफाहमा यूएनका भारतीय कामदारको गाडीमा आक्रमण हुँदा मृत्यु भएको बताइएको छ । इजरायल–हमास द्वन्द्वमा यूएनको विदेशी कर्मचारीले ज्यान गुमाएको यो पहिलो पटक हो ।
मृतक यूएनको भारतीय सुरक्षा विभाग (डीएसएस)का कर्मचारी भएको बताइएको छ । पीडितको परिचय भने खुलाइएको छैन । यद्यपि, मृतक भारतका बासिन्दा भएको र भारतीय सेनाका पूर्व सिपाही भएको बताइएको छ । यस घटनामा डीएसएसका अर्का कर्मचारी घाइते भएका छन् ।
गाजामा जारी युद्धका कारण ठुलो सङ्ख्यामा सर्वसाधारण हताहत भएका छन् । त्यहाँ मानवीय कामदारहरूले पनि ज्यान गुमाइरहेका छन् । तत्कालै युद्धविराम र सबै बन्धकहरूको रिहाइको लागि यूएनका महासचिव एन्टोनियो गुटेरेसले पुनः अनुरोध गरेका छन् ।
ट्वीटरमा एक पोस्टमा उनले गाजामा यूएनको गाडीमा हमला हुँदा एक सहकर्मीको मृत्यु भएको र अर्का एक जना घाइते भएको बताएका छन् । गाजामा अहिलेसम्म यूएनका १९० भन्दा बढी कर्मचारी मारिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लवको पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्नेबारे छलफल
-
युद्धविरामपछि कस्तो छ जम्मू र नियन्त्र रेखा नजिकको अवस्था ?
-
कांग्रेसले विश्व पौडेलको नाम दिएपछि गभर्नर छनोट प्रक्रिया फेरि सुरुकै चरणमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
-
युद्धविराम कायम राखेकोमा ट्रम्प खुसी
-
नीति तथा कार्यक्रम यथार्थपरक र कार्यान्वयन योग्य छ: एमाले