शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अप्रत्याशित ढङ्गले​ मकवानपुर–१ मा राप्रपाका दीपक सिंह जित नजिक

बिहीबार, ०८ मङ्सिर २०७९, १२ : ४०
बिहीबार, ०८ मङ्सिर २०७९

मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक सिंह जित नजिक पुगेका छन् । मतगणना अवधि भर तेश्रो स्थानमा रहेर पछ्याइरहेका सिंहले अन्तिम समयमा आएर अग्रता हासिल गर्दै पहिलो स्थानमा पुगेका हुन् । मत गणनाको क्रममा अन्तिम समयमा हेटौंडा उपमहानगरपालिका क्षेत्रको मतपेटिका गणना थालेसँगै सिंहले कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्यय डिनालाई पछि पारेका हुन । 

हालसम्म कूल  ८४ हजार ५ सय ६८ मतगणना हुँदा उनले २५ हजार ६५ मत पाएका छन् । कांग्रेसकी महालक्ष्मी उपाध्ययले २४ हजार ३३० मत पाएकी छिन् । 

एमालेका उम्मेदवार रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २३ हजार ७१४ मत पाएका छन् । उनले यसअघि नै हार स्वीकार गरिसकेका छन् । अब हेटौडा उपमहानगरपालिकाको वडा नम्बर १० को मतगणना बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप