लेफ्टिनेन्ट जनरल मुनीर पाकिस्तानको नयाँ सेना प्रमुख नियुक्त
बिहीबार, ०८ मङ्सिर २०७९, १५ : ३१
लेफ्टिनेन्ट जनरल असिम मुनीर बिहीबार पाकिस्तानको नयाँ सेना प्रमुख (सीओएएस) को रूपमा नियुक्त भएका छन् । गत हप्तादेखिको विभिन्न अनुमानका बीच आज उनको नियुक्ति भएको हो ।
‘पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले संवैधानिक अधिकार प्रयोग गर्दै लेफ्टिनेन्ट जनरल साहिर शमशाद मिर्जालाई संयुक्त चिफ अफ स्टाफको अध्यक्ष र लेफ्टिनेन्ट जनरल सैयद असिम मुनीरलाई सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेका छन्’ पाकिस्तानी सूचना मन्त्री मरियम औरंगजेबले ट्वीट गरेकी छन् ।
सो निर्णयको बोधार्थ पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न