समानुपातिक मतगणनामा माओवादीले घण्टीलाई फेरि उछिन्यो, आठौँ स्थानमा एकीकृत समाजवादी
प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि उछिनेको छ । जारी मतगणनामा घण्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । यस अवस्थामा फेरि माओवादी केन्द्रले लिड गरेको हो ।
माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ मत पाउँदा घण्टीले १० लाख ६३ हजार ८३१ मत पाएको छ । यस्तै थ्रेस होल्ड कटाउनका लागि संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टी आठौं स्थानमा छ । समाजवादीले जम्मा २ लाख ५२ हजार मत पाउँदा उसलाई उछिन्दै जनमत पार्टीले २ लाख ६२ हजार मत पाएको छ ।
यस्तै पहिलो स्थानमा भने एमाले कायमै छ । एमालेले २५ लाख ३४ हजार मत पाउँदा कांग्रेसले २४ लाख ३०७ मत पाएर पछ्याइरहेको छ। यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ४५ हजार मत पाएको छ ।
यस्तै नवौँ स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ भने दशौँमा लोसपा रहेको छ । यी दुई पार्टीले क्रमशः २ लाख ३७ हजार र १ लाख २७ हजार मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बयानब्बे लाखको लागतमा खानेपानी आयोजना निर्माण
-
आर्सनलका गोलकिपरलाई ‘गोल्डन ग्लोब’
-
टी-२० विश्वकप : अमेरिकाको टोलीमा न्युजिल्याण्डका लागि विश्वकप खेल्ने खेलाडी
-
वेस्ट इन्डिजको विश्वकप टोलीमा नेपाल भ्रमणमा रहेका खेलाडी पनि समावेश
-
भन्सारबाट उठेको राजस्व रकम सदुपयोग होस् : अध्यक्ष साह
-
इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु