उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधन प्रदूषण परीक्षणमा फेल

काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ । शुक्रवार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारी साधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो ।
आज विभागले गरेको ५४ वटा सवारी साधनको प्रदूषण परीक्षणमा ३८ वटा सवारी साधन फेल भएको पाइएको छ भने १६ वटा सवारी साधन मात्रै पास भएको पाएको विभागले जनाएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुनेहरूलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताए । उनले प्रदूषण फेल हुनेहरूले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्रहरु फिर्ता लैजान पाउने बताए ।
उनले परीक्षण पास गर्न पठाएका सवारीहरू अर्कोपटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रूपैयाँसम्मको कारबाही गर्ने चेतावनी दिए । महानिर्देशक घिमिरेले आगामी दिनमा सवारीसाधनहरू प्रदूषण फेल भएर चलाएको पाएमा विभाग कारबाही गर्ने कुरामा पछि नहट्ने बताए । उनले विगतमा हालै मात्र प्रदूषण परीक्षण गराएको हो भनेर चालकहरु पन्छिने गरेको भन्दै यसपटक लापरबाही नगर्न आग्रह गरे ।
उनले भने– ‘वातावरण संरक्षण ऐनअनुसार सवारी साधनहरुले तोकिएको मापदण्डमा वायु प्रदूषण गरिरहेको छ कि छैन भनेर हामीले हेरेको हो । काठमाडौं उपत्यका लगायत धेरै ठाउँमा हिउँदको समयमा वायु प्रदूषण अलि बढ्ने र त्यसमा सवारीसाधनको प्रदूषण पनि अलि बढ्ने भएकाले हामीले यो अभियान सुरु गरेका छौँ । आज हामीले प्रदूषण परीक्षण मात्रै गरेका छौँ । फेल हुनेहरूलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएका छौँ । उहाँहरूले बनाएर पुनः वातावरण विभागमा आएर पुनः परीक्षण गराएर पास भएपछि उहाँहरुका कागजपत्रहरु फिर्ता गरिन्छ । पहिलो पटकलाई हामीले अहिले जरिबाना गरेका छैनौँ । अहिले पठाएका गाडीहरू पुनः अर्को पटक परीक्षण गर्दा फेल भयो भने वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम वातावरण विभागको महानिर्देशकबाट १ लाख रूपैयाँसम्म जरिबाना हुनसक्ने भन्ने छ । हामी कडाईका साथ कारबाही गर्छौ ।’
उनले भने– ‘चालकहरुले भर्खरै जँचाएको हो भनेका छन्, अब त्यो प्रवृत्ति नहोस् भनेर परीक्षण गरेका हौँ । विगतमा परीक्षण गरिसकेपछि दुरुस्त अवस्थामा नराख्ने प्रवृत्ति देखिएकाले एक पटक दुरुस्त राख्न अवसर दिन्छौँ । त्यसपछि पनि लापरवाही गर्नुभयो भने कारबाही हुन्छ । प्रदूषणसँगै यान्त्रिक अवस्थाका बारेमा र कागजातपत्रको बारेमा पनि ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेको छ ।’
सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजात पत्रको पनि चेकजाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६÷६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ । यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । जसको अर्थ अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६÷६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ ।
त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ । जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्वन हुने, सवारीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पु¥याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड