माओवादी र नेसपाका अध्यक्षसँग कांग्रेस नेता पौडेलको भेटवार्ता
शुक्रबार, २३ मङ्सिर २०७९, १७ : १६
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका अध्यक्षसँग भेटवार्ता गरेका छन् । शुक्रबार पौडेलले माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्रराय यादवसँग भेटवार्ता गरेका हुन् ।
उनीहरूसँग गठबन्धनको निरन्तरताका विषयमा कुराकानी भएको पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘गठबन्धनलाई सुदृढ बनाएर लाने र गठबन्धनमा सहमति जुटाउने विषयमा छलफल भएको छ ।’ प्रधानमन्त्रीका आकांक्षी पौडेलले प्रचण्ड, बाबुराम र महिन्द्रराय यादवसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । आफूप्रति उनीहरूको सदभाव रहेको पौडेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ