बैंक अफ काठमाण्डूको २८औं वार्षिक साधारण सभा सम्पन्न
शुक्रबार, २३ मंसिर २०७९, १५ : ००

बैंक अफ काठमाण्डूको आफ्नो २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा साधारणसभामा सम्पन्न भएको हो ।
सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु स्वीकृत गरेको छ । सभाले २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि संचालक समितिबाट भएका निर्णयहरु सभाले पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने
-
हेल्मेटमा लुकाएको १८ लाखसहित दुईजना पक्राउ
-
ईबा वर्ल्ड वुमन्स बक्सिङका लागि तीन जना छनौट
-
मन्त्री पोखरेलको ४४ बुँदे प्रतिवद्धता सार्वजनिक
-
माओवादीले अखिल क्रान्तिकारीको आयोजक समिति निर्माण गर्ने, समानान्तर गतिविधिमा रोक
-
बढुवा, स्तरवृद्धि तथा थप सेवा सुविधा नपाएको भन्दै कर्मचारीले बुझाए ज्ञापनपत्र