बंगलादेशमा सरकार विरोधी प्रदर्शनको अघिल्लो दिन विपक्षी दलका नेता पक्राउ
इन्धनको मूल्यवृद्धि र जीवनयापनको बढ्दो मूल्यलाई लिएर प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्न नियोजित जुलुसको एक दिनअघि प्रहरीले बंगलादेशको प्रमुख प्रतिपक्षी दलका दुई वरिष्ठ नेतालाई पक्राउ गरेको छ ।
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पूर्वमन्त्री तथा पार्टीको शीर्ष निर्णय गर्ने निकायका सदस्य मिर्जा अब्बासलाई उनीहरुो घरबाटै पक्राउ गरेको बीएनपीको मिडिया शाखाका प्रमुख जहिरुद्दीन स्वपनले एएफपीलाई जानकारी दिए ।
‘उनीहरू सादा पोशाकका प्रहरी थिए । आलमगीरलाई उनीहरूको पहिचान थाहा थियो’ स्वपनले भने, ‘दुईलाई कहाँ लगियो भन्ने पार्टीलाई थाहा छैन ।’
ढाका महानगरीय प्रहरी प्रवक्ता फारुक अहमदले ती जोडीलाई बुधबारको झडपमा हिंसा भड्काएको र सरकारी काममा अवरोध गरेको आरोपमा पक्राउ गरिएको बताए । प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनालाई कामचलाउ सरकार अन्तर्गत नयाँ निर्वाचनको पक्षमा राजीनामा दिन माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव