आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

सोमबार, २६ मङ्सिर २०७९, १६ : ३६
सोमबार, २६ मङ्सिर २०७९

कञ्चनपुरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रमा भएका विभिन्न अध्ययन, सभ्यता, कला र कला संस्कृतिसम्बन्धी अनुभव आदानप्रदानका लागि सोमबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.अम्मराज जोशीले बताए । 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना भएपछि पहिलो पटक ‘सुदूरपश्चिम स्टडिज : हेरिटेज, इन्नोभेसन एण्ड ट्रान्सफोरमेन’ अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको उनले बताए । सुदूरपश्चिम क्षेत्रको ज्ञान विज्ञानको गहन विचार विमर्श गर्न सम्मेलन गरिएको उनले बताए ।

‘सुदूरपश्चिमलाई सबैले पिछडिएको क्षेत्र भन्ने गरेका छन्,’ उपकुलपति जोशीले भने, ‘तर त्यो वास्तविकता हैन, यहाँ अपार सम्भावना छ, ज्ञान, खोजका लागि यो क्षेत्र उत्कृष्ट छ, यो सिद्ध गर्न हामीले अन्तराष्ट्रिय सम्मेलन गरेका हौं ।’
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी, कर्मचारी प्राध्यापक र यस क्षेत्रका अध्ययनकर्ता सबैलाई सम्मेलन उपयोगी हुने अपेक्षा राखिएको उनले बताए । विश्वविद्यालयले आयोजना गरेको सम्मेलनमा बेलायततको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमी काउन्सिल सहआयोजक छन् ।

जोशीका अनुसार सम्मेलनमा अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर डेबिट एन गेलर र एकेडेमी काउन्सिलका डा.कृष्ण अधिकारी लगायत ख्याति प्राप्त विश्वविद्यालयका प्रतिनिधिको  सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका लागि केन्द्रीय कार्यालयका तीन सभा कक्ष तयार गरिएका छन् ।

सम्मेलनमा प्राध्यापक र विद्यार्थीसहित विभिन्न क्षेत्रका गरी ४ सय ७६ जना सहभागी हुने भएका छन् । सम्मेलन आयोजक समितिका संयोजक डा.भट्टले सम्मेलनमा ७६ अनुसन्धान प्रतिवेदन प्रस्तुत, जनस्वास्थ्यमा दुई छलफल र तीन राउण्ड टेबल छलफल हुने जानकारी दिए ।

सरकारले २०६६ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय घोषणा गरेको थियो । त्यसपछि सञ्चालन आएको विश्वविद्यालयले यो वर्ष पहिलो विदेशी विश्वविद्यालयका प्राध्यापकलाई समेत बोलाएर सम्मेलन गरेको हो ।

‘हाम्रो तीन हजार हेक्टर भूमि गौरीगंगाले कब्जा गर्यो’

चुरे गाउँपालिकाको तीन हजार हेक्टर भूभाग गौरीगंगाले कब्जा गरेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताएका छन् । गौरीगंगा नगरपालिकाले चुरेको भूभाग नै कब्जा गरेर नदीजन्य पदार्थको उत्खनन गर्दै आएको आरोप अध्यक्ष बोगटीको छ ।

सीमानाभन्दा ४–५ किलोमिटर भित्र पसेर नदीजन्य पदार्थ उत्खनन हुँदै आएपनि रोकटोक कहिँकतैबाट नभएपछि सर्वोच्च अदालतमा आफ्नो भूभाग कब्जा विरुद्ध रिट दायर गर्ने तयारी भइरहेको उनले बताए । सीमाना विवादको विषयमा मुख्यमन्त्री, वन कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय प्रशासन लगायत सबैलाई पटक पटक जानकारी गराउँदा पनि कतैबाट सुनुवाइ नभएपछि सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष बोगटीले जानकारी गराए।  ‘हाम्रो भूमि गौरीगंगाले कब्जा गरेको छ । भूमि फिर्ता ल्याउन सबैतिर हारगुहार गरे पनि कहिँकतैबाट सुनुवाइ नभएपछि एक दुई दिनभित्र सर्वोच्चमा रिट दायर गर्दैछौँ,’ उनले भने ।

भूगोल जनसंख्या र दशौ वर्षदेखि उपभोग गर्दै आएको भूमि गौरीगंगाकै भएकाले हामीले उपयोग गर्दै आएको नगर प्रमुख देवीदत्त कँडेलले बताए । ‘वर्षौदेखि गौरीगंगाले ती क्षेत्रमा विकास निर्माणका काम गरेको छ । वर्षौदेखिको स्थायी बसोबास भएको क्षेत्रलाई चुरे गाउँपालिकाले आफ्नो भू–भाग भनेर हुँदैन । प्रदेश सरकार र नापीबाट नापनक्सा गराएर सीमा समस्यालाई हल गर्न सकिन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप