बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास

शनिबार, १५ वैशाख २०८१, ०६ : १२
शनिबार, १५ वैशाख २०८१

इडन गार्डन्स । जोनी बेयर्सटोको शानदार शतकको मद्दतको पञ्जाब किंग्सले टी–२० क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याएको छ । शुक्रबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औँ खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सले प्रस्तुत गरेको २ सय ६२ रनको विशाल लक्ष्य हासिल गरेको हो ।

कोलकाताको घरेलु मैदानमा भएको खेलमा पञ्जाबले उक्त लक्ष्य मात्र दुई विकेटको क्षतिमा ८ बल अगावै पछ्यायो । खेलमा पञ्जाबले उत्कृष्ट सुरुवात गरेको थियो । 

पावरप्लेमा ओपनर प्रभसिमरन सिंहलाई गुमाउन अघि पञ्जाबले ९३ रन बनाइसकेको थियो । सिंहले मात्र २० बलमा ५४ रन बनाए । उनले यस क्रममा ४ चौका र ५ छक्का हिर्काए ।

Shashank Singh

अर्का ओपनर जोनी बेयर्सटोले ४८ बलमा १ सय ८ रन बनाउँदै जितको आधार तय गरे । उनले ८ चौका र ९ छक्का हिर्काए । राइली रुसो १६ बलमा २६ रन बनाएर आउट भए पनि शशांक सिंहले २८ बलमा ६८ रन प्रहार गर्दै टोलीलाई शानदार जित दिलाए । सिंहले २ चौका र ८ छक्का हिर्काए । कोलकाताका लागि सुनिल नरेनले १ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६१ रन बनाएको थियो । टोलीका लागि ओपनर फिल साल्टले सर्वाधिक ७५ तथा सुनिल नरेनले ७१ रनको योगदान दिए । उनीहरूले पहिलो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरेका थिए । 

379838

त्यस्तै, वेंकटेश ऐयरले ३९ रन, कप्तान श्रेयस ऐयरले २८ रन तथा आन्द्रे रसलले २४ रन बनाए । पञ्जाबका लागि अर्शदीप सिहले २ तथा साम करन, हर्षल पटेल र राहुल चहरले १–१ विकेट लिए ।

पराजयका बावजुद कोलकाता लिगको अङ्क तालिकामा दोस्रो स्थानमा कायम छ । ८ खेलबाट कोलकाताको १० अङ्क छ । यता, तेस्रो जीतसहित पञ्जाब आठौँ स्थानमा रहेको छ । टोलीको ९ खेलबाट ६ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप