कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
इडन गार्डन्स । जोनी बेयर्सटोको शानदार शतकको मद्दतको पञ्जाब किंग्सले टी–२० क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याएको छ । शुक्रबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औँ खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सले प्रस्तुत गरेको २ सय ६२ रनको विशाल लक्ष्य हासिल गरेको हो ।
कोलकाताको घरेलु मैदानमा भएको खेलमा पञ्जाबले उक्त लक्ष्य मात्र दुई विकेटको क्षतिमा ८ बल अगावै पछ्यायो । खेलमा पञ्जाबले उत्कृष्ट सुरुवात गरेको थियो ।
पावरप्लेमा ओपनर प्रभसिमरन सिंहलाई गुमाउन अघि पञ्जाबले ९३ रन बनाइसकेको थियो । सिंहले मात्र २० बलमा ५४ रन बनाए । उनले यस क्रममा ४ चौका र ५ छक्का हिर्काए ।

अर्का ओपनर जोनी बेयर्सटोले ४८ बलमा १ सय ८ रन बनाउँदै जितको आधार तय गरे । उनले ८ चौका र ९ छक्का हिर्काए । राइली रुसो १६ बलमा २६ रन बनाएर आउट भए पनि शशांक सिंहले २८ बलमा ६८ रन प्रहार गर्दै टोलीलाई शानदार जित दिलाए । सिंहले २ चौका र ८ छक्का हिर्काए । कोलकाताका लागि सुनिल नरेनले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६१ रन बनाएको थियो । टोलीका लागि ओपनर फिल साल्टले सर्वाधिक ७५ तथा सुनिल नरेनले ७१ रनको योगदान दिए । उनीहरूले पहिलो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरेका थिए ।

त्यस्तै, वेंकटेश ऐयरले ३९ रन, कप्तान श्रेयस ऐयरले २८ रन तथा आन्द्रे रसलले २४ रन बनाए । पञ्जाबका लागि अर्शदीप सिहले २ तथा साम करन, हर्षल पटेल र राहुल चहरले १–१ विकेट लिए ।
पराजयका बावजुद कोलकाता लिगको अङ्क तालिकामा दोस्रो स्थानमा कायम छ । ८ खेलबाट कोलकाताको १० अङ्क छ । यता, तेस्रो जीतसहित पञ्जाब आठौँ स्थानमा रहेको छ । टोलीको ९ खेलबाट ६ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण