शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपको सेमिफाइनलअघि मोरक्कोलाई साउदी युवराजको सन्देश

बुधबार, २८ मङ्सिर २०७९, १२ : ०५
बुधबार, २८ मङ्सिर २०७९

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले मोरक्कन फुटबल टोलीलाई सेमिफाइनलमा पुगेकोमा बधाई दिएका छन् ।

साउदी प्रेस एजेन्सीका अनुसार मंगलबार साउदी युवराजले मोरक्कोका राजालाई टेलिफोन गरी क्वार्टरफाइनल जितेकोमा टोलीलाई बधाई दिएका थिए ।

बुधबार दिउँसो १२ः३० बजे कतारको अल बेट स्टेडियममा मोरक्को र फ्रान्सबीच सेमिफाइनल खेल हुनेछ ।

शनिबार राति भएको क्वार्टरफाइनल खेलमा मोरक्कोले पोर्चुगिज टोलीलाई १–० गोल अन्तरले पराजित गरेको हो । योसँगै मोरक्को फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

युवराजले टोलीलाई बधाई दिँदै भने, ‘तपाईंहरुले जे हासिल गर्नुभएको छ त्यो अरब राष्ट्र र जनताका लागि गौरवको विषय हो र हामी सबै टोलीको सफलताको कामना गर्दछौँ ।’

शनिबार अरब राष्ट्र, प्यालेस्टाइन र पाकिस्तानले मोरक्कोको जितमा उत्सव मनाएका छन् । धेरैले मोरक्कोको जितलाई इस्लामको विजयसँग जोडिरहेका थिए ।

बुधबार अबेर राति हुने दोस्रो सेमिफाइनलमा फिफाको फाइनल प्रतिस्पर्धामा मोरोक्को वा फ्रान्समध्ये अर्जेन्टिनासँग को भिड्नेछ भन्ने निश्चित हुनेछ ।

मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार हुनेछ । यदि मोरक्कोले फ्रान्सलाई हराएमा उसले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ र यदि हार्यो भने फ्रान्स र अर्जेन्टिनाबीच फाइनल खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप