शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको नाममा दुई नयाँ कीर्तिमान

आइतबार, ०३ पुस २०७९, २१ : ५०
आइतबार, ०३ पुस २०७९

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले इतिहासको पानामा नयाँ कीर्तिमान बनाउन जारी राखेका छन् । फ्रान्सविरुद्धको फाइनल खेलमा पेनाल्टीबाट गोल गर्दै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

सात पटकको बालोन डि’ओर विजेताले खेलको २३ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । योसँगै उनले विश्वकपका हरेक चरणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । उनले समूह चरण, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्न सफल भएका छन् । त्यस्तै उनले एउटै विश्वकपको हरेक नकआउट चरणमा पनि गोल गर्न सफल भएका छन् ।

यता मेस्सी लिजेन्डरी ब्राजिलियन खेलाडी रोनाल्डोसँगै विश्वकप र कोपा अमेरिका प्रतियोगितामा २५ गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । त्यस्तै, मेस्सी फिफाको प्रतियोगितामा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडी पनि बनेका छन् । उनले यसमा इटालीका डिफेन्डर पाउलो माल्दिनीलाई उछिनेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप