शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले मिसावट गरेपछि अलैंची सिधै तेस्रो मुलुक पठाउने यस्तो तयारी

बुधबार, १० माघ २०७४, ०९ : ४०
बुधबार, १० माघ २०७४

लमजुङ - भारतबाट तेस्रो मुलुकमा जाने अलैंचीमा मिसावटका कारण कम गुणस्तर देखिएपछि ब्यवसायीले नेपालको अलैंची सिधै तेस्रो मुलुक पठाउने तयारी गरेका छन् । 

तेस्रो मुलुकमा अलैंची निर्यातको लागि अलैंची ब्यवसायी र कृषकको टोली बंगलादेश पुगी विभिन्न क्षेत्रका ब्यवसायीसंग छलफल गरी फर्केका छन । टोलीले माघ २ देखि ७ गतेसम्म बंगलादेशका विभिन्न क्षेत्रमा अलैंचीको बजारबारे छलफल गरेको थियो ।

टोलीले ढाकास्थित अन्तराष्ट्रिय कृषि मेलामा लमजुङमा उत्पादित गुणस्तरीय अलैंचीको प्रवद्र्धन समेत गरेको भ्रमणमा संलग्न अलैंची ब्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताए । उनले नेपाली दूतावासको सहयोगमा बंगलादेशको राजधानी ढाका लगायत क्षेत्रका ब्यवसायीसंग अलैंचीको बजारसम्बन्धी अन्तरक्रिया गरिएको समेत जानकारी दिए । हाल नेपालवाट पूर्वी नेपालबाट भारतमा मात्रै अलैंची निर्यात हुँदै आएको छ । 

ब्यवसायीका अनुसार नेपालको अलैंची राम्रो रहेपनि भारतीय बजारमै लानुपर्ने भएकाले कृषकले लाभ लिन सकेका छैनन् । भारतीय ब्यवसायीले आफ्नो चाहना अनुरुप मुल्यमा थपगट गरिदिँदा किसान समस्यामा परेका छन् ।

तेस्रो मुलुकमा सिधै अलैंची पठाउन सरकारी तथा निजी क्षेत्रसंग छलफल र सम्भावनाको खोजी गरिएको अलैंची ब्यवसायी महासंघ नेपालका अध्यक्ष निर्मल भट्टराइले बताए । ‘बंगलादेशमा नेपाली अलैंचीको बजार राम्रो पायौं । अब पहलकदमी उठाउने जिम्मा सरकारको हो’ उनले भने । सरकारी तवरबाट छलफलको वातावरण बनाउन भ्रमण सहयोगी हुने बताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालका अनुसार बंगालादेश पुग्ने १० प्रकारका नेपाली उत्पादनमा विशेष कर लाग्ने गरेको छ । अलैंचीमा ३५ प्रतिशतसम्म कर लाग्ने गरेको बताउदै नेपालको अलैंची बंगलादेश पुग्दा महंगो समेत हुने गरेको दाबी गरे । 

अलैंची ब्यवसायी महासंघका अनुसार नेपाली बजारमा अहिले अलैंचीको मुल्य प्रतिमत (४० किलो) को ४० देखि ४४ हजार रुपैया“सम्म छ । यो मुल्य १ महिनाअघि २५ देखि २९ हजार रुप्ैया“सम्म थियो । गतबर्ष बर्षको तुलानामा यो झण्डै ५० प्रतिशतले कम हो । अलैंची मुल्यमा बर्षेनी गिरावट आएपछि किसान चिन्तित बनेका छन् । कृषकले विक्री गरिसकेपछि अलैंचीको मुल्य बढेकाले यसको लाभ किसानले पाउन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप