आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ढिलोचाँडो प्रधानमन्त्री बन्छु : प्रचण्ड

मङ्गलबार, ०१ फागुन २०७४, १५ : ०६
मङ्गलबार, ०१ फागुन २०७४

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका छन् । एमाले र माओवादीबीच केपी ओली र प्रचण्ड पालैपालो प्रधानमन्त्री बन्ने सहमति बनेको अनौपचारिक सूचना बाहिर आएका बेला प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका हुन् । 
‘केही समय अगाडि मात्रै चितवनका काँग्रेस नेताहरुले मलाई चाँडो प्रधानमन्त्री बनेर आउन भन्नुभएको छ । आमन्त्रण गर्नु भएको छ । तपाईंहरुलाई विश्वास र भरोसका लागि धन्यावाद छ । अझै टुंगिएको त छैन् । तर, ढिलोचाँडो छिटो प्रधानमन्त्री भएर आउछु ।’ प्रचण्डले चितवनको एक विद्यालयको कार्यक्रममा भने ।
प्रचण्डले थपे, ‘म तुरुन्तै प्रधानमन्त्री भए पनि वा अलि ढिला भएपनि तपाईंहरुकै साथमा रहनेछु ।’
प्रचण्ड र ओलीवीच आज पार्टी एकताका विषयमा फेरि संवाद हुँदैछ ।
प्रचण्डले सो कार्यक्रममा नेपालको शान्ति सम्झौता, सेना समायोजन र संविधान निर्माण सफल उदारण भएको बताउँदै यदि विकसित मूलुकमा यस्तो भएको भए आफु र गिरिजाप्रसाद कोइरालाले नोवेल पुरस्कार पाउने पनि बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप