शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्रीको लोभमा कुनै पार्टी प्रवेश नगर्ने स्वतन्त्र सांसद किरण साहको स्पष्टोक्ति

आइतबार, १७ पुस २०७९, ०८ : २९
आइतबार, १७ पुस २०७९

रौतहट क्षेत्र २ बाट स्वतन्त्र निर्वाचित सङ्घीय सांसद किरण साहले मन्त्री पाउने लोभमा आफू जथाभाबी कुनै राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन् । स्थानीय बौधिमाई नगरपालिका बंकुल चौक  स्थित शनिवार नेपाल तुरहा समाज कल्याणको चौथो साधारण सभाको उद्घाटन पछि कार्यकर्ता लाई सम्बोधन गर्दै सांसद साहले आफू मन्त्री पदको लागि आतुर नभएको स्पष्ट पारेका हुन।

आफुलाई क्षेत्र २ का मतदाताले मत दिएर सांसद बनायो यस्तो अवस्थामा जुन गठबन्धनले मेरो माग पूरा गर्छ उसैलाई साथ दिने उनले बताए । सङ्घीय सांसदको शपथग्रहण कार्यक्रममा आफूले संस्कृत भाषामा शपथ लिनुको केही अर्थ छ,सांसद किरण साहले भने त्यो अर्थ म अहिले भन् नसक्दिन तर उनको यो भनाइले हिन्दु धर्म सँग जोडिएको केही माग हुनसक्ने अनुमान गरिएको छ। २०७७ सालमा आफू नेकपा एमालेमा प्रवेश गरेकै हो तर गत मङ्सिर ४ गतेको निर्वाचनमा रौतहट क्षेत्र २ जसपाको भाग परेकाले आफू स्वतन्त्र उम्मेदवारी दिएको प्रस्ट पारेका छन् ।

अहिले एमाले माओवादी लगायत दलमा प्रवेश गर्न लबिङ भइरहेको चर्चा छ तर कुन दलमा जाने बारेमा निर्णय हुन बाँकी रहेको सांसद साहले स्पष्ट पारेका थिए । गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रभु साहको संयोजकत्वमा स्वतन्त्र जिताऊ अभियान गठन भएको थियो । तर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई तत्कालीन सत गठबन्धनले समर्थन गरेपछि  स्वतन्त्र जिताऊ  अभियान निष्क्रिय भएको सांसद साहले बताए ।

गत निर्वाचनमा स्वतन्त्र जिताऊ अभियानका जिल्ला अध्यक्ष त्रिभुवन साहको गाउँ सरमुजवामा मलाई १६ सय मत आउनु र प्रदेशसभाका स्वतन्त्र उम्मेदवार मनोज यादव लाई मात्र २५० मत आउनुले सहजै अनुमान गर्न सकिने उनको तर्क रहेको थियो । सङ्घीय सांसद किरण साहले रौतहटमा स्वतन्त्र जिताऊ अभियान एक जना जिताउनको लागि मात्र परिचालन भएको दाबी गरेका छन् ।

सांसद साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बौधिमाई नगरप्रमुख प्रदीप कुमार यादव ,ईशनाथका पुर्व मेयर संतोषकुमार मेहता,वडा अध्यक्ष मुक्ति नारायण मिश्रा लगायतकाले मन्तव्य राखेका थिए । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्वमन्त्री हाल कारागारमा रहेका महमद आफताभा  आलमका छोरा फिर्दोस आलमलाई झन्डै ४७ सय मतको अन्तरले पराजित गरी विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप