शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

सोमबार, १८ पुस २०७९, ०७ : ४५
सोमबार, १८ पुस २०७९

निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २  कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष श्रेष्ठले एक नाबालिगलाई घरमा बोलाएर जबरजस्ती करणीको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसँगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए ।

वडा अध्यक्षलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । आइतबार राति करिब ८ः३० बजे उनी आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ ।

श्रेष्ठले १५ वर्षकी नाबालिगलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा  जबरजस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिइन् । श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए । - न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप