जसपा मधेस प्रदेशमा संसदीय दलको नेता चयन भोलि
बिहीबार, २१ पुस २०७९, १८ : ४०

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ । पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले संसदीय दलको नेता चयनको तयारी गरेको हो ।
सोही तयारीका लागि सांसदहरूको बैठक मधेस प्रदेशको कार्यालय जनकपुरमा बिहीबार बैठक बसेको थियो । जसपाको संसदीय दलको विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम मधेस प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको हो ।
मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका चार स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड
-
टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा
-
बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
-
एनसेलको सेयर खरिद बिक्रीबारे अदालतको आदेशदेखि छानबिन समिति गठनसम्म
-
लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन् : मुख्यमन्त्री चौधरी
-
शाही युवा शक्तिका अध्यक्ष खड्का रिहा