जगदम्बा स्टिलमा कार्यरत मजदुरको कार्यक्षेत्रमा मृत्यु
बुधबार, ०२ जेठ २०८१, ०७ : ५३
बारा । बाराको सिमरा स्थित जगदम्बा स्टिलमा कार्यरत मजदुरको ज्यान गएको छ । वीरगन्ज महानगरपालिका वडा नं ३१ का भुलन चौधरीको मंगलबार कार्यक्षेत्रमा ज्यान गएको हो ।
करिब ३ दशकदेखि जगदम्बा स्टिलमा कार्यरत मजदुर चौधरी काम गर्ने क्रममा एक्कासि ढलेपछि उपचारको क्रममा मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ ।
चौधरीले उद्योगभित्र वर्कसपका काम गर्दै आएका थिए । उनको वीरगन्ज एल.एल न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु जनाइएको छ ।
मृतकका भतिज श्रीराम चौधरीले ब्रेन ह्याम्रेर्जका कारण मृत्यु भएको उद्योग प्रशासनले जनाएको बताएका छन् ।
चौधरीको मृत्युपछि उद्योग प्रशासनले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र ५० हजार क्रिया खर्च दिने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण