नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता
शनिबार, २३ पुस २०७९, १४ : ५७
नाइजेरिया । उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोको–बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो । उक्त डुङ्गामा करिब १०० धान किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन् । साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसा समेत गरेका छन् । राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुङ्गाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एक जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवा गठनसम्बन्धी विधेयक पेश
-
चार धाम यात्रा : १७ तीर्थयात्रीको मृत्यु
-
नेपाली मूलका ढकालद्वारा अमेरिकाको हर्न्डन सहरको मेयर पदमा उम्मेदवारी घोषणा
-
व्यक्तिलाई दोषी करार गर्न मिल्दैन : शिशिर खनाल